माल्दिभ्स लिगले एक्सपोजर दिन्छ : प्रतिभा माली

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२६
  • |
  • 434 पटक हेरिएको

काठमाडौं, २६ मंसिर । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाईकर प्रतिभा माली माल्दिभ्सको लिग खेल्ने भएकी छिन् ।

यसअघि २ संस्करण उक्त प्रतियोगिता खेलिसकेकी मालीले यसपटक माल्दिभ्सको पुलिस टिमबाट खेल्ने पक्का भएको हो । माल्दिभ्स लिगबारे नेप्लेज डटकमलाई प्रतिक्रिया दिँदै मालीले यस्ता लिगहरुले नेपाली खेलाडीलाई ठूलो एक्सपोजर मिल्ने बताइन् ।

माल्दिभ्सको लिगमा अरु टिमहरुले पनि विदेशी खेलाडी राख्न पाउने भएकाले आफू यही कोटामा परेको बताउँदै यो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न सके अरु ठाउँमा पनि मौका पाइने विश्वास व्यक्त गरिन् ।

प्रतिभाको उत्कृष्ट प्रदर्शनका कारण बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको थियो । यस्तै काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पनि नेपालले ऐतिहासिक रजत पदक जित्दा प्रतिभाको प्रदर्शन उत्कृष्ट नै रहेको थियो ।

माल्दिभ्सको लिगमा उत्कृष्ट खेलाडीहरुको जमघट हुने भएकाले पनि आफू त्यसबाट उत्साहित भएको प्रतिक्रिया दिइन् । ‘एसियामा इरानका भलिबल खेलाडीहरु उत्कृष्ट मानिन्छन् भन्दै गत वर्ष त्यहाँका खेलाडीहरुसँग मेरो प्रतिस्पर्धा थियो यस पटक हेरौं कस्तो प्रदर्शन गर्छु । संक्षिप्त कुराकानीमा भनिन् ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey