स्वर्ण पदक विजेता किरणको भनाई ‘सरकारले दिने रकमले ऋण तिर्छु’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२५
  • |
  • 223 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । नाम किरण सिंह बोगटी । परिचय अब उनको एत्तिमा सिमित छैन । उनी अहिले नेपालका म्यारथन धावकको रुपमा आफूलाई स्थापित गरेका छन् ।

त्यो पनि १३ औं दक्षिण एसियाली खेलकुद सागमा म्याराथनमा स्वर्ण पदक जितेर । हो उनी किरण सिंह बोगटीको नाम यसअघि त्यति धेरै चर्चामा थिएन । कैलालीबाट घर परिवारको परिवार पाल्नका लागि सशस्त्र प्रहरीमा भर्ना भएका उनी केही समय नेपालगञ्जमा बसे ।

पछि उनको सरुवा पोखरा भयो । पोखरामा उनले उसु सिक्नका लागि दौड लगाउन शुरु गरे । तर उसुमा असफल भएका किरणले आफूलाई भने धावकको रुपमा परिचित गराए । विभागले आयोजना गरेको आन्तिरिक प्रतियोगितबाट जित्दै राष्ट्रिय खेलाडीको रुपमा छनोट गराएका हुन् ।

गत बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा चौथो भए पछि उनलाई पनि १३ औं सागको बन्द प्रशिक्षणका लागि बोलाइयो । बन्द प्रशिक्षणमा उनी वैकल्पिक खेलाडीको रुपमा आएका थिए । पटक पटक प्रयास गर्दा उनी छनोटमा दोस्रो भए ।

उनी भन्दा अगाडि कृष्ण बस्नेत रहेकाले बस्नेतले नै साग खेल्ने तय जस्तै थियो । रत तिहार अघि चीनमा भएको उहान खेलकुदमा कुदेका कृष्ण बस्नेत घरायसी कारणले सागमा सहभागिता जनाउन नपाउने भए पछि किरण सिंहको भाग्य खुल्यो ।

उनी नै नेपालको प्रतिनिधित्व गर्दै १३ औं सागको एथ्लेटिक्स ट्रयाकमा उत्रिए । ट्रयाकमा मात्रै उत्रिएनन् नेपाललाई ऐतिहासिक स्वर्ण पदक नै दिलाए । त्यसपछि उनको चर्चा एकाएक चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि भनेर बोलाइएको कार्यक्रममा सहभागि हुन उनी रंगशाला परिसर पुगे । त्यहाँबाट बालुवाटार जानु अघि नेप्लेज डटकमसँग कुरा गरेको किरण आफ्नो भोगाईबारे खुलेरे कुरा राखे ।

शुरु शुरुमा साथीहरुले आफूलाई ‘ए गोल्ड मेडलिस्ट’ भन्दै हेप्ने गरेको र सोही हेपाईका कारण पनि आफूले ‘इख’ लिएकाले म्याराथनमा स्वर्ण पदक जित्ने बताए । अझै पनि एक जना खेलाडीका लागि पर्याप्त सुविधा नभइरहेका बेला विभागको जागिरले घर परिवार चलाउन र आफूलाई डाइट खान बल्ल तल्ल पुगेको सुनाए ।

धावकका लागि दौड्न राम्रो जुत्ता आवश्यक पर्ने बुझेका किरणले जुत्ता किन्नकै लागि प्रहरी कल्याणकारी कोषबाट २ लाख ऋण समेत निकाले । त्यो ऋण अहिले पनि मासिकरुपमा तिरिरहेका छन् । उनले भने अब सरकारले दिने पैसाले पहिलो जुत्ता किन्नकै लागि लिएको ऋण तिर्छु ।

किरणसिंह बोगटीसँग गरिएको कुराकानी अब यो भिडियोमा ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey