Mega Bank
Prabhu Bank

इन्डियन ओपन बक्सिङ, नेपाली ६ खेलाडीले प्रतिस्पर्धा गर्दै

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 38 पटक हेरिएको

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता नयाँ दिल्लीमा आजबाट सुरु हुँदैछ । दिल्लीस्थित थ्यगराज स्टेडियममा एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन अपरान्ह हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपाली खेलाडीहरुको खेल अपरान्ह ३ बजेपछि सुरु हुने छ । प्रतियोगिताको पहिलो दिन चार महिला र दुई पुरुष खेलाडी रिङमा उत्रने छन् । महिलातर्फ ललिता महर्जन, माला राई, विमला श्रेष्ठ र संगीता सुनारले प्रतिस्पर्धा गर्ने छिन् ।

महिला लाइट फ्लाइवेट ४८ केजी तौलकी ललिताले पहिलो खेलमा केन्याकी एन्जिभा भेरोनिका नबिथे, फ्लाइवेट ५१ केजीकी मालाले मंगोलियाकी जार्गालन ओचिरबट, लाइटवेट ६० केजीकी संगीताले थाइल्याण्डकी पिमविलाई लावोपिम र वेन्टम ५४ केजीकी विमलाले ताजिकिस्तानकी फार्डिया सामिएभासँग खेल्ने छिन् ।

पुरुषतर्फ आशिष दवाडी र विष्णु प्रसाद घले रिङमा उत्रने छन् । सुपर हेबिवेटको दवाडीले भारत ए टिमका सतिस कुमारसँग प्रतिस्पर्धा गर्दा वेल्टर ६९ केजीका बिष्णुले अफगानिस्तानका वासुद्दीन घाव्सीविरुद्ध खेल्ने छन् ।

प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको लागि १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार नै दिल्ली आइपुगेको छ । यो प्रतियोगिताको लागी नेपाल बक्सिङ संघले गत पुसमा भएको राखेप च्याम्पियनसिप अन्तर्गतको २७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो ।

भर्खरै

Advertisement