क्वालिफायर्समा काठमाडौ र महेन्द्रनगर आज फेरी खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२९
  • |
  • 166 पटक हेरिएको

नेप्लेज, चैत्र २८ । धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा हिजो हुने भनिएको काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण स्थगित भएको थियो । जसका कारण आज फेरी खेल्नेछन ।

कैलालीको प्रहरी मैदानमा  दिउँसो साढे १२ बजेबाट खेल सुरु भएपनि २ ओभर सकिए लगत्तै हावाहुरीका साथै भारी बर्षा भएपछि खेल हुन सकेन ।

सो बेला महेन्द्रनगर युनाईटेडले ब्याटिङ गर्दै दुई ओभरमा ८ रन बनाएको थियो ।

खेल तालिकामा भोलो रिजर्व डे भएका कारण खेल भोलिका लागि सारिएको हो ।

लिग चरणमा अपराजित भएको काठमाडौं पहिलो क्वालिफायर्समा घरेल टिम तथा साविक बिजेता धनगढी टिम चौराहासँग एक विकेटले पराजित भएको थियो।

लिगको शीर्ष स्थानमा रहेका कारण उसले हारेपनि फाइनलमा पुग्न अर्को मौका पाएको हो। यस्तै महेन्द्रनगरले सिवाईसी अत्तरियालाई १५ रनले पराजित गर्दै क्वालिफायर्समा पुगेको हो।

लिग चरणमा महेन्द्रनगर तेस्रो स्थानमा रहेको थियो।

यसअघि पनि लिग चरणमा यी दुई टिमबीचको खेल बर्षाका कारण रद्द भएको थियो । यी दुई टिमको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहासँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey