१३ औं साग अन्तिम दिन आज ५ खेल हुँदै नेपालको पोल्टामा अब कति स्वर्ण थपिएला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२४
  • |
  • 274 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद सागको समापन आज हुँदै छ । डिसेम्बर १ अर्थात मंसिर १५ गते औपचारिक उद्घाटन भएको प्रतियोगिताको अन्तिम दिन आज ५ खेल आयोजना हुने छन् । दशरथ रंगशलामा अपरान्ह समापन समारोह शुरुहुनु पूर्व फुटबल खेलको फाइनल हुने छ भन् बाँकी अरु खेलहरु त्यसअघि नै सम्पन्न हुने छन् । समापनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल ४९ स्वर्णसहित तालिकाको दोस्रो स्थानमा छ ।
नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ बजे, दशरथ रंगशालामा हुने छ ।

भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेश्रो स्थानको खेल बिहान ८ बजे र पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान साढे १० बजे, राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा हुने छ ।

पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल अपरान्ह १ बजे । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह साढे ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा हुने छ ।

बक्सिङमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुने । अपरान्ह १ बजेदेखि, अन्तर्राष्ट्रिय खेलकुद परिसर, कराते हल, सातदोबाटोमा हुने छ ।
स्क्वासको फाइनल खेल हुने छ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ ।

जुडोमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुने । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ भने । फाइनल साढे १२ बजे देखि । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा शुरुहुने ५ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey