ऐतिहासिक उपलब्धि हात पार्दै सकियाे सागमा पाैडी, गाैरीकाकाे ‘सुपरस्टार’ प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२३
  • |
  • 245 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा पौडीले यसपटक ऐतिहासिक रुपमा पदक जित्न सफल भयो । सागमा पौडीको इतिहासमा सर्वाधिक धेरै स्वर्ण जितेको पौडीले धेरै पदक पनि हात पार्यो । कुल ३८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालले चार स्वर्ण हात पार्यो भने चार रजत र चार काश्य जित्यो ।

यो पटकको सागमा पौडीमा सबै भन्दा चर्चाको विषय गौरीका सिंह भइन । अघिल्लो सागमा पनि नेपाललाई ऐतिहासिक रजत दिलाएकी गौरीकाले घरेलु भूमीमा भएको प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गरिन । एकै सागमा चार वटा स्वर्ण जित्ने कीर्तिमान मात्र होइन, सागमा धेरै स्वर्ण जित्ने दिपक विष्टसँगको कीर्तिमानमा पनि बराबरी गरिन ।

१७ बर्षे गौरीका यसपटक नेपालका लागि सुपरस्टार खेलाडी बनिन् । उनले यसपटकको सागमा सहभागिता जनाएको नौ विधामा नौ वटैमा पदक जित्न सफल भइन ।

नेपालले यसपटकको सागमा कुल चार स्वर्ण चार रजत र तीन काश्य हात पार्यो । पौडीको पदक तालिकामा यसअघि कि पुछारमा वा खाली हुने पौडी यसपटक भने तेस्रो स्थानमा रह्यो ।

अन्तिम समयमा बनाएको पुर्वाधारका विच पौडीको स्पर्धाले सबैलाई रोमाञ्चित बनायो । गौरीकाका लागि नयाँ इतिहास बनाउने मौकाका रुपमा पनि यो साग रह्यो । लण्डनमा प्रशिक्षण गरेर सागमा प्रतिस्पर्धा जनाएकी ओलम्पियन गौरीकाको नाम अब सागको इतिहासमा नमेटिने किसिमले कोरिएको छ ।

यसपटक गौरीकाले गरेको प्रदर्शनले उनले एसियाडमा पनि पदक जित्ने संभावना देखाएकी छिन । गौरीका मात्र होइन, यसपटक दुवाना लामाको प्रदर्शन पनि निकै उत्कृष्ट रह्यो । भलै उनले स्वर्ण जित्न सकिनन्, तर ब्यक्तिगत रुपमा उनले आफ्नो प्रदर्शनमा निकै राम्रो उपलब्धि हात परिन । थाइल्याण्डमा पढाईसँगै प्रशिक्षण गरिरहेकी दुवानाले पनि आगामी अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक ल्याउने सक्ने खेलाडीका रुपमा आफुलाई उभ्याएकी छिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey