सागमा गाैरीकाकाे नयाँ कीर्तिमान, एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलाे खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२२
  • |
  • 304 पटक हेरिएको

साग पौडीमा नेपाली पौडीवाज गौरीका सिंहले अर्को स्वर्ण जितेकी छिन । गौरीका एकै संस्करणको सागमा तीन वटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन ।

उनले चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन । उनले निर्धारीत दुरी चार मिनेट २५ दशमलव २८ सेकेण्डमा पुरा गरिन । गौरीकाले भारतकी सिवांगी शर्मालाई पछि पारिन । सिवांगीले चार मिनेट २६ दशमलव २२ सेकेण्डमा दुरी पुरा गरिन । तेस्रो स्थानमा श्रीलंकाकी रामुदी नुलारा रहिन । उनले चार मिनेट ४१ दशमलव नौ एक सेकेण्डमा पुरा गरिन ।

उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी छिन ।

साग पौडीमा नेपालकी दुवाना लामाले रजत जितेकी छिन । उनले महिला २०० मिनेटर बटरफ्लाइमा रजत हात पारिन ।

दुवानाले निर्धारीत दुरी २ मिनेट २१ दशमलव ८३ सेकेण्ड पुरा गरिन । यो विधामा भारतकी अपेक्षा फर्नान्डेसले स्वर्ण जितिन । उनले २ मिनेट ३३ दशलमव १६ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितिन ।

तेस्रो स्थानमा बंगलादेशकी जुनायाना अहमेद रहिन । उनले दुरी २ मिनेट ३३ दशमलव ७५ सेकेण्डमा पुरा गरिन । ५० मिटर ब्याकस्ट्रोकमा गौरीका सिंहले रजत जितेकी छिन । उनले निर्धारीत दुरी २९ दशमलव ७१ सेकेण्डमा पुरा गर्दै रजत जितिन ।

यो विधामा भारतकी मन्ना पटेलले २८ दशमलव नौ चार सेकेण्डमा पुरा गर्दै स्वर्ण जितिन । तेस्रो स्थानमा पनि भारतकै रिधिमा विरेन्द्रकुमार हात पारिन । उनले दुरी ३० दशमलव चार छ सेकेण्डमा पुरा गरीन ।

८०० मिटर फ्रिस्टाइल रिलेमा गौरीका सहितको टिमले काश्य पदक हात पार्यो । योसँग गौरीकाले आज खेलेका सबै इभेन्टमा पदक जित्न सफल भइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey