डीपीएलमा महेन्द्रनगर क्वालिफायर्समा,अत्तरीयाको यात्रा समाप्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२७
  • |
  • 168 पटक हेरिएको

महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । सिवाईसी अत्तरीयालाई १५ रनले हराउदै महेन्द्रनगरले फाइनल नजिक पुगेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा सात विकेट गुमाउदै एक सय ३० रन बनायो ।

महेन्द्रनगरले ३ रनमा पहिलो विकेट गुमाउदा ३३ रन बनाउदा ३ विकेट खेर फालेको थियो ।

महेन्द्रनगरका लागि आरिफ शेखले ३५ रन बनाए भने पुनित मेहराले २६ तथा रोहित पौडेलले ११ रनको योगदान गरे ।

यस्तै करण केसीले २४ रनको योगदान गरे । बलिङ तर्फ कमलसिंह ऐरीले दुई विकेट लिए ।

जवाफमा अत्तरीया २० ओभरमा ४ विकेट गुमाउदा एक सय १५ रनमा रोकियो ।

अत्तरीयाका कप्तान सुवास खकुरेल ३० तथा गौरभ तिरकारा १४ रनमा पेभेलियन फर्किए ।

चौथो विकेटका लागि दिपेन्द्र ऐरी र विपिन चन्द्रले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर दिपेन्द्र २७ रनमा आउट हुदा अत्तरीयाका विपन चन्दले अविजीत २८ रन बनाए

बलिङ तर्फ महेन्द्रनगरका रोविन क्षेत्रीले दुई विकेट लिए ।

अब फाइनल प्रवेशका लागि महेन्द्रनगरले काडमाडौसंग खेल्नेछ । हारसगै अत्तरीया प्रतियोगिताबाट बाहिरीएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal