आईसीसीले आज सरोकारवालासंग बैठक गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 183 पटक हेरिएको

नेपाली क्रिकेट विवाद समाधानको प्रयासमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को उच्च स्तरीय टोलीले आज सल्लाहकार कमिटीका साथै निर्वाचित पदाधिकारीसग बैठक गर्दैछ ।

कार्यवाहक प्रमुख इमरान ख्वाजाको नेतृत्वमा नेपाल आएको टोलिले आज दिउसो साढे १ बजे सोल्टी होटेलमा बैठक गर्दैछ । सो बैठकमा परिमार्जित गरिएको विधानका बारेमा छलफल हुने बुझिएको छ ।

साथै आइसीसीले कुन किसिमले क्यानलाइ अगाडी लिने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । साथै सरकारी प्रतिनिधीसग पनि आइसीसीले छलफल गर्नेछ । निर्वाचित क्यानले विशेष साधारण सभाबाट क्यानको विधानमा सम्सोधन गरेपछि आइसीसी त्यसमा खुसी देखिएको छैन ।

आजको बैठकमा आइसीसीका प्रतिनिधीका साथै सल्लाहकार समितीका पदाधीकारीको उपस्थिती हुनेछ ।

आईसीसीले गत वर्ष वैशाख १३ गते नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । क्यानको निलम्बन फुकुवा गर्न र संशोधनसहित नयाँ विधान बनाउन आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाएको थियो । सल्लाहकार समिति, क्यान र आईसीसीबीच विभिन्न चरणमा बैठकहरू भइसकेको छ ।

यसअघि अक्टोबर ३० मा आईसीसीले आफूहरूबीच भएको सहमति विपरीत सल्लाहकार समितिले प्रस्ताव गरेको विधान संशोधन गरिएको भन्दै त्यो अमान्य भएको जनाएको थियो । त्यसपछि निर्वाचितले क्यानले आईसीसीको निर्देशन लत्याउँदै एकलौटी गरेको निर्वाचन स्थगन गर्न विश्व क्रिकेटको सर्वोच्च निकायले अनुरोध गरेको थियो ।

आईसीसीले यहीक्रममा क्यान पुनर्वहालीलाई डिसेम्बर २२ सम्म सन्तोषजनक कारणहरू बुझाउने समयसीमा तोकेको थियो ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याललाई पत्र लेख्दै फेब्रुअरीमा हुने आईसीसीको अर्को बोर्ड बैठकसम्म यदि पुनर्वहालीका सर्तहरूमा क्यानले सन्तोषजनक कदम नचालेको र त्यसमा असफल भएको पाएइमा आईसीसीको अर्को साधारणसभामा क्यानको सदस्यता खारेज गर्ने निष्कर्षसहितको प्रस्ताव अघि सार्नेछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey