सागकाे कुस्तीमा नेपालका लागि संगिताले जितिन ऐतिहासिक स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२१
  • |
  • 269 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको कुस्तीमा महिला तर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ ।

जनकपुरमा भएको कुस्तीका प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपालका लागि ऐतिहासिक स्वर्ण जित्ने खेलाडीमा संगिता धामी रहिन ।

संगिताले बंगलादेशी खेलाडी सारकिर रिनलाई फाइनलमा पराजित गरिन । आजै भएको महिला तर्फको ५७ केजी तौल समुहमा नेपालकी अम्बिका भण्डारीले रजत हात पारिन । उनी फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन।

याेसँगै नेपालकाे स्वर्णसँख्या ४३ पुगेकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey