सुटिङ : १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२१
  • |
  • 250 पटक हेरिएको

ललितपुर, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङको १० मिटर एर राईफल टिम मिक्स इभेन्टमा पनि नेपाल चौथो भएको छ । खराब प्रदर्शन जारी राखेको नेपालले सुटिङमा जारी सागमा कुनै पनि पदक हात पारेको छैन् ।

सातदोवाटोस्थित सुटिङ रेन्जमा शनिबार भएको मिक्स इभेन्टमा नेपालका कल्पना परियार र आर्नभ घिमिरेले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुको टिम पाकिस्तानसँग पराजित भयो ।

पाकिस्तानका रइस नाद्रा र अदिल गुफ्रिनको टोलीले कास्य पदक हात पार्न सफल भयो । पाकिस्तानी टिमले पदक भिडन्तमा १६ अंक ल्याउँदा नेपालका कल्पना र अर्नभको जोडीले ८ अंक मात्रै जोड्न सके ।

यस इभेन्टमा भारतले स्वर्ण पदक जित्दा बंगलादेशले रजत जितेको छ । भारतका मेहुली घोस एस बद्र्धानको जोडीले १७ अंक ल्याउँदा बंगालदेशका सायदा अटिका हसन र अब्दुल बकैको जोडीले ९ अंक ल्याएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey