सागको सातौं दिन आज १८ खेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२१
  • |
  • 203 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १८ वटा खेलहरु हुँदैछन् । ती खेलहरु काठमाडौं उपत्यकाका साथै पोखरा र जनकपुरमा जारी छन् । आज एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्स्ङि, भारत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुने छ ।

आज एथ्लेटिक्स अन्तर्गत म्यारथान हुँदैछ । सागमा कुस्ती खेल जनकपुरमा शुक्रबारदेखि शुरु भएको छ भने महिला फुटबल, महिला क्रिकेट, आर्चरी, बिच भलिबल र ह्याण्डबल यसअघि नै पोखरामा शुरु भइसकेका खेल हुन् ।

फुटबलमा आज नेपालले माल्दिभ्ससँग दिउँसो साढे १ बजे खेल्ने छ । यस्तै पोखरामा नेपाली महिला टिमले भारतसँग प्रतिस्पर्धा गर्ने छ । दुवै टिम फाइनल पुगिसकेकाले आजको खेलको नतिजाले केही प्रभाव पार्ने छैन् ।

क्रिकेटमा आज नेपालले बंगालदेशको यु २३ टिमसँगै प्रतिस्पर्धा गर्दैछ । क्रिकेट खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरुहुने छ । जुडो प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal