साग पाैडीमा गाैरीकाकाे अर्काे स्वर्ण, पाैडीमा लगातार २ स्वर्ण जित्ने कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२०
  • |
  • 204 पटक हेरिएको

सागको पौडीमा गौरीका सिंहले अर्को स्वर्ण जितेकी छिन ।

सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितीन । पौडीमा सागमा दुई स्वर्ण जित्ने नयाँ इतिहास बनाएकी छिन । गोरीकाले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितिन ।

उनले निर्धारीत दुरी दुई मिनेट १७ दशमलव सात तीन सकेण्डमा पुरा गरिन । दोस्रो स्थानमा भारतकी राजिव मन्ना पटेल रहिन । उनले दुई मिनेट २० दशमलव ७१ सेकेण्डको समय निकालिन ।

तेस्रो स्थानमा श्रीलंकाकी सेन गंगा रहिन । उनले दुई मिनेट २७ दशमलव दुई पाँच सेकेण्डमा दुरी पुरा गरिन । यहि स्पर्धाकाे हिट चरणमा उनले २ मिनेट ३४.१६ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यसअघि गौरीकाले २०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जितेकी थिइन । योसँगै नेपालले स्वर्ण संख्या ४१ पुर्याएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey