सुटिङको एयर पेस्तोल १० मिटरमा भारतलाई दुवै स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२०
  • |
  • 209 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङकाे १० मिटर एयर पेस्तोल महिलामा भारतले स्वर्ण पदक जितेको छ । सातदोवाटोस्थित सुटिङ रेञ्जमा शुक्रबार भएको प्रतिस्पर्धामा भारतले टिम र व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेको हो ।

भारतकी सरी परमानन्दमले २३८.४ अंकका साथ स्वर्ण पदक जित्दा बंगलादेशकी एड्रिना फिरदोसले २३४.६ अंकका साथ रजत पदकमा चित्त बुझाइन् । यस्तै पाकिस्तानकी अन्ना इवित्समले २१४.९ अंकका साथ कास्य पदक हात पारेकी थिइन् ।

चौथो स्थानमा भारतकी अनुराज सिंह आइन् । उनले १९२.७ अंक हात पार्दा पाँचौं स्थानमा आएकी भारतकै इसा सिंहले १७५.१ अंक जोडिन् । छैटौं स्थानमा पाकिस्तानकी खेलाडी मेविस फरहानले १५२.८ अंक जोड्दा सातौं स्थानमा पनि पाकिस्तानकी किस्मल तलट १३२.४ अंकका साथ प्रतियोगिता टुंग्याइन् । यस्तै श्रीलंकन खेलाडी एल्भिस कुलथंगेले आठौं स्थानमा रहँदै ११०.७ अंक जोडेकी थिइन् ।

यस इभेन्टमा नेपालका तीन जना खेलाडीले छनोट चरण पार गर्न सकेनन् । १६ खेलाडीले प्रतिस्पर्धा गरेकामा सेरिया केसी, सरिता बस्नेत र कृष्णा थापा क्रमश १४, १५ र १६ औं स्थानमा रहे ।

टिम इभेन्ट्स तर्फ भारतले नै स्वर्ण पदक जितेको छ । भारतका सरी परमानन्द, अनुराज सिंह र इसा सिंहले स्वर्ण पदक जिते । उनीहरुले १७३३ अंकका साथ स्वर्ण पदक जितेका हुन् ।

यसैगरी पाकिस्तानी टिमले रजत पदक हात पारेको छ । पाकिस्तानका मेविस फरहान, अन्ना इवित्सम र कृसमला तलतले १६७८ अंकका साथ रजत पदक जितेका हुन् ।

कास्य पदक भने बंगलादेशले हात पारेको छ । बंगलादेशका एन्जिला अमज्द अन्तु, एड्रिना फिद्रोस र निलुफा एस्मिनको समूहले १६५५ अंकका साथ कास्य पदक जितेको हो ।

चौथो स्थानमा भने श्रीलंका आएको छ । उसका विराकोडी, डी एल्भिस कुलातुंगे, गामागे डिलली थरंगाले १६५० अंकका बनाएका थिए । नेपाली टिम प्रतियोगितामा पाँचौं स्थानमा आयो । नेपालका सेरिया केसी, कृष्णा थापा र सरिता बस्नेतको जोडीले १५८३ अंकका साथ पाँचौं स्थानमा रहेर प्रतियोगिता टुंग्याए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey