लिभरपुल एफ ए कपबाट बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 182 पटक हेरिएको

लिभरपुल एफ ए कप फुटबल प्रतियोगिताको चौथो चरणबाट बाहिरीएको छ ।

गएराति भएको खेलमा वेष्टब्रुमसंग तीन दुई गोलले पराजित हुदै लिभरपुल प्रतियोगिताबाट बाहिरीएको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले सुरुवाती एक गोलको अग्रता जोगाउन सकेन । खेलको पाचौ मिनेटमा नै रोबेर्टो फेरमिनोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर त्यसपछि वेष्टब्रुमले लगातार तीन गोल गरयो । सातौ मिनेटमा जोय रोद्रिगुइजले गोल गर्दै खेल बराबरीमा पुरयाए ।

११ औ मिनेटमा पुन रोद्रिगुइजले नै गोल गर्दै वेष्टब्रुमलाई दुई एकको स्थितीमा पुरयाए ।

पहिलो हाफको इन्जुरी समयमा जोयल एन्द्रेले आत्मघाती गोल गरेपछि लिभरपुल तीन एकले पछि परयो । तर ७८ औ मिनेटमा मोहम्मद सलाहले एक गोल फर्काएपनि टिमलाई हारबाट बचाउन सकेनन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey