सागमा तेक्वान्दाेकाे चुनाैती सन्ताेषजनक, १२ स्वर्ण हासिल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 205 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोको प्रतिस्पर्धा सकिएको छ । अघिल्लो संस्करणको तुलनामा केहि कम स्वर्ण ल्याएको नेपालले यसपटक कुल १२ स्वर्ण जित्न सफल भयो । यसअघि १९९९ मा भएको आठौं सस्करणमा १४ पदक जितेको थियो ।

तेक्वान्दोको अन्तिम दिन नेपालले एक स्वर्ण र तीन रजत हात पार्यो । सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको खेलमा पुरुषको ८७ केजी मुनीको तौल समुहमा भुपेन श्रेष्ठले स्वर्ण जिते । उनले भारतका अक्ष हुँडालाई २९–२७ स्कोरले हराए । योसँगै नेपालको स्वर्ण ३४ पुगेको छ ।

तेक्वान्दोमा नेपालकी अप्सरा कार्की रजतमा चित्त बुझाउन बाध्य भएकी छिन । महिला ६७ केजी मुनीको तौल समुहमा अप्सरा भारतकी रुचिका भाभीसँग हार्न पुगिन । स्वर्णको आशा गरिएकी अप्सरा आठ पाँच स्कोरले हार्न पुगिन ।

यस्तै अर्को स्पर्धामा मनिता शाहीपनि भारतकी मारिया रेगीसँग पराजित भइन । महिला ७३ केजी तौल समुह मुनीको स्पर्धामा मनिता रेगीसँग १५–० को स्कोरमा पराजित भइन ।

यस्तै ८० केजी मुनीको तौल समुहमा नेपालका किरन आले पाकिस्तानका रब नवाजसँग ३३–७ स्कोरमा पराजित भए ।

यसपटककाे सागमा तेक्वान्दाेमा पदक जित्ने खेलाडी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

तेक्वान्दाे – भुपेन श्रेष्ठ

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal