निमाकाे सागमा दाेस्राे स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 350 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुदमा अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । भारतकी सुरीराज सिंह दाेस्राे भइन । उनले १९ दशमलव २२ अंक प्राप्त गरिन ।

निमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । जुन नेपालका लागि पहिलाे स्वर्ण थियाे । साे बेला नेपालले ३ स्वर्ण जित्दा निमाकाे नाममा एउटा रहेकाे थियाे । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey