अन्तिम सेटले गर्दा स्वर्णबाट चुकेका महिला भलिबलका ब्याकबोन–प्रशिक्षक भट्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 183 पटक हेरिएको

नेपालले घरेलु मैदानमा भएको सागमा नेपाली महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै भलिबल समर्थकलाई निकै खुसी पारे । महिला भलिबलमा स्विर्णीम युगमा रहेको नेपाली महिला भलिबल टिम एक समय निकै तल्लो अवस्थामा थियो ।

भलिबल संघमा नयाँ नेतृत्व आएसँगै महिला भलिबलमा पनि लगानी बढायो । घरेलु प्रतियोगिता निकै धेरै हुने गरेपनि राष्ट्रिय टिम भने कमजोर नै रहेको थियो । अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो सफलता निकाल्न नसकेको नेपाली महिला भलिबल टिमले यसअघि तीन पटक सागमा काश्य पदक जितेको थियो । अघिल्लो सागमा पनि काश्य जितेको नेपालले यसपटक घरेलु मैदानमा रजत जित्दा निकै मेहेनत गरेको छ । करिव ६ महिना देखिको नियमित प्रशिक्षण त्यसमा पनि बैदेशीक प्रशिक्षणको अनुभव नेपाली खेलाडीले हात पारे । सागको अगाडी बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन्स भलिबलमा उपाधि जित्नु नेपालका लागि पनि मनोबल उच्च पार्ने माध्यम बन्यो ।

त्यो भन्दा अगाडी नेपालले थाइल्याण्डमा पनि राम्रो टिमसँग अभ्यासको मौका पाएको थियो । नेपाली भलिबल टिमको सफलताको सारथी अझ भनौ ब्याकबोनका रुपमा रहे प्रशिक्षक जगदिश भट्ट ।

नेपाली पुरुष खेलाडीका रुपमा लामो समय नेपालको प्रतिनिधित्व गरेका जगदिशलाई भलिबल संघले महिला टिमलाई प्रशिक्षकको जिम्मेवारी दियो । पुरुष भलिबलको सहायक प्रशिक्षकका रुपमा रहदै आएका जगदिशलाई संघले उनी भन्दा अनुभवी प्रशिक्षकलाई चुनौती दिनै नयाँ जिम्मेवारी दियो ।

कुनै समय कपिल श्रेष्ठले समेत नेपाली महिला टिमलाई हेरेका थिए । राष्ट्रिय टिममा राम्रो नतिजा नआइरहेका बेला प्रशिक्षक जगदिशलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गर्दा संघका पदाधिकारीले नै विरोध नगरेका होइनन् । संघका सचिव समेत रहेका जगदिशले महिला खेलाडीलाई अनुशासनका साथै फिटनेसमा निकै पेलाए । खेलाडीको मेहेनतलाई दोब्बर पारेका जगदिशको प्रशिक्षणमा नेपालले पहिलो पटक सहभागिता जनाएको सेन्ट्रल जोनको उपाधि मात्र दिलाएनन् । घरेलु भूमीमा सागको रजत नै दिलाए । स्वर्णको नजिक पुगेरपनि अन्तिममा रजतमा टिम खुम्चियो ।

तर प्रशिक्षक भट्टले टिमले हार्दा निकै दुःख लागेको बताए । स्वर्णको मुखैमा आएरपनि रजतमा चित्त बुझाउँदा पक्कैपनि उनी खुसी भने थिएनन् । तर फाइनलसम्म जुन प्रदर्शन गर्यो त्यो भने सह्र्यानिय थियो ।

सुदुरपश्चिमको महेन्द्रनगरका भट्टले टिमको प्रशिक्षणका लागि आफ्नो खर्चमा होटेलमा बस्नेसमेत गरेको थिए । महिला भलिबल टिमले केहि गर्न सक्दैन भन्ने सोचाईलाई पुरै परिवर्तन गरेको छ । पुरुष भलिबललाई बलियो बनाउने लक्ष्यमा रहेको भलिबल संघले विदेशी प्रशिक्षक ल्याएर प्रशिक्षण दिदापनि समुह चरणमा नै रोकिदा त्यसको विपरित घरेलु प्रशिक्षकले नै महिला टिमलाई अहिलेसम्मै ठुलो सफलता दिलाए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal