नेपाली महिला भलिबल टिमले गुमाएकाे त्याे स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 162 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिम स्वर्णबाट चुक्न पुग्न पुग्याे ।  बलियो प्रतिद्धन्द्धी भारतसँग पाँच सेटमा पराजित भएपछि नेपाल स्वर्णबाट बञ्चित भयाे ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको प्रतिस्पर्धामा नेपालले भारत विरुद्ध चार सेटमा राम्रो खेलेपनि अन्तिम सेटमा खराव खेल्यो । यसअघि तीन संस्करणमा काश्य जितेको नेपाली महिला भलिबलले पहिलो सेट भने २५–१७ ले गुमाउन पुगेको थियो ।

सुरुको दुई वटा पोइन्ट जितेको नेपाल एक समय सात सातको अवस्थामा थियो । तर त्यसपछि भारतले आफ्नो प्रभाव जमाउँदै १३–८ को अग्रता बनायो । समुह चरणमा पनि भारतसँग नै पराजित भएको नेपाल १६–११ पछि परेको थियो ।

त्यसपछि भारतले आफ्नो बलियो प्रदर्शन कायमैर राख्यो । जसका कारण भारत २३–१६ ले अगाडी रह्यो । अन्तत भारत २५–१७ ले विजयी भयो ।
दोस्रो सेटमा नेपालले भारतलाई निकै प्रतिस्पर्धा दिएको थियो । सुरुवात देखि नै कडा प्रतिस्पर्धा भएको सेट एक समय १७–१७ को अवस्थामा थियो । तर त्यसपछि नेपालले २१–१७ को अग्रता बनाउन सफल भयो । त्यसपछि पनि नेपालले आफ्नो प्रभाव जमाउँदै २५–२० ले जित्यो ।

तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । जसमा नेपालले आफ्नो लयलाई कायम राखेको थियो । जसमा नेपाल एक सय १६–१४ ले अगाडी थियो । त्यसपछि आफ्नो अग्रतालाई २१–१७ मा पुर्यायो । अन्ततः नेपालले २५–१८ ले तेस्रो सेट जित्यो ।

चौथो सेट पनि निकै प्रतिस्पर्धात्मक बन्यो । सुरुवात देखि नै हेड टु हेडमा रहेकोमा नेपाल एक समय नौ आठले अगाडी रहेको थियो । त्यसपछि नौ नौको अवस्थामा रहेको खेल ११–११ को अवस्थामा पुगेको थियो । त्यसपछि भारतले दुई अंक जोड्दै १३–११ मा पुर्यायो । त्यसपछि फेरी नेपालले दुई अंक जोड्दै खेल १३–१३ को अवस्थामा पुर्याए ।

चौथो सेट झन प्रतिस्पर्धात्मक बन्दा खेल १७–१९ मा पुुगेको थियो । जसमा नेपालले सर्विसमा विगारेको थियो । त्यसपछि भारतले सेटमा २३–१९ को अग्रता बनाएको थियो । अन्ततः भारतले २५–२० ले जित्यो ।

पाँचौ सेटमा नेपालले सुरुवात देखि नै निकै दबाव दियो । जसमा भारत पाँच एकले अग्रता बनायो । आफ्नो बलियो खेल अन्तिम सेटमा देखाएको भारतले ८–३ ले अग्रता बनायो । अन्तिम सेटमा नेपाल केहि नर्भस देखियो । जसको फाइदा भारतले उठायो । नेपाल सर्विसमा धेरै गल्ति गरेको थियो । जसका कारण नेपालले अन्तिम सेट १५– ६ स्कोरले हार्न पुग्याे । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey