साग महिला भलिबलः भारत विरूद्ध नेपाल २-१ सेटमा अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 260 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत विच प्रतिस्पर्धा भइरहेको छ । जसका नेपालले भारतसँग दुई एक सेटको अग्रता बनाएको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको प्रतिस्पर्धामा नेपालले पहिलो सेट २५–१७ ले हार्न पुग्यो ।

सुरुको दुई वटा पोइन्ट जितेको नेपाल एक समय सात सातको अवस्थामा थियो । तर त्यसपछि भारतले आफ्नो प्रभाव जमाउँदै १३–८ को अग्रता बनायो । समुह चरणमा पनि भारतसँग नै पराजित भएको नेपाल १६–११ पछि परेको थियो ।

त्यसपछि भारतले आफ्नो बलियो प्रदर्शन कायमैर राख्यो । जसका कारण भारत २३–१६ ले अगाडी रह्यो । अन्तत भारत २५–१७ ले विजयी भयो ।
दोस्रो सेटमा नेपालले भारतलाई निकै प्रतिस्पर्धा दिएको थियो । सुरुवात देखि नै कडा प्रतिस्पर्धा भएको सेट एक समय १७–१७ को अवस्थामा थियो । तर त्यसपछि नेपालले २१–१७ को अग्रता बनाउन सफल भयो ।

त्यसपछि पनि नेपालले आफ्नो प्रभाव जमाउँदै २५–२० ले जित्यो ।

तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । जसमा नेपालले आफ्नो लयलाई कायम राखेको थियो । जसमा नेपाल एक सय १६–१४ ले अगाडी थियो । त्यसपछि आफ्नो अग्रतालाई २१–१७ मा पुर्यायो । अन्ततः नेपालले २५–२१ ले तेस्रो सेट जित्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey