साग तेक्वान्दाेमा महराकाे स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 202 पटक हेरिएको

दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दो अन्तर्गत कुमुतेमा नेपालले दुई स्वर्ण जितेको छ । पहिलो दिन पुम्से र कुमुतेमा सात वटा स्वर्ण जितेको तेक्वान्दोको कुमुतेमा काजल श्रेष्ठ र बिरबहादुुर महराले स्वर्ण जितीन भने निमा गुरुङले रजतमा चित्त बुझाइन ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको स्पर्धामा काजलले ४६ केजी मुनीको तौलसमुहमा स्वर्ण जितिन । उनले फाइनलमा पाकिस्तानी खेलाडी सेइद जादी भाटोललाई हराइन ।

जसमा काजोलले ५०–१४ स्कोरले जित्दै स्वर्ण हात पारिन ।

यस्तै ५७ केजी मुनीको तौल समुहमा निमा भारतकी कसिका मलिकसँग पराजित भइन । निमा कसिकासँग सात आठ स्कोरमा पराजित भइन । यस्तै पुरुष ६८ केजी मुनीको तौलसमुहमा नेपालका बिरबहादुर महरा पाकिस्तानका मुहम्मद फाहिमलाई हराउँदै स्वर्ण जिते । अघिल्लो सागका रजत पदक विजेता महराले पाकिस्तानी खेलाडीलाई ५१–३६ ले हराए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal