साग महिला भलिबलः नेपाल भारत विरूद्द पहिलाे सेटमा पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 181 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत विच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिपुरेश्वस स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको प्रतिस्पर्धामा नेपालले पहिलो सेट २५–१७ ले हार्न पुग्यो ।

सुरुको दुई वटा पोइन्ट जितेको नेपाल एक समय सात सातको अवस्थामा थियो । तर त्यसपछि भारतले आफ्नो प्रभाव जमाउँदै १३–८ को अग्रता बनायो । समुह चरणमा पनि भारतसँग नै पराजित भएको नेपाल १६–११ पछि परेको थियो ।

त्यसपछि भारतले आफ्नो बलियो प्रदर्शन कायमैर राख्यो । जसका कारण भारत २३–१६ ले अगाडी रह्यो । अन्तत भारत २५–१७ ले विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey