तेक्वान्दाेकी निमाले रजतमा चित्त बुझाइन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 294 पटक हेरिएको

दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दो अन्तर्गत कुमुतेमा नेपालले एक स्वर्ण र एक रजत जितेको छ ।

पहिलो दिन पुम्से र कुमुतेमा सात वटा स्वर्ण जितेको तेक्वान्दोको कुमुतेमा काजल श्रेष्ठले स्वर्ण जितीन भने निमा गुरुङले रजतमा चित्त बुझाइन ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको स्पर्धामा काजलले ४६ केजी मुनीको तौलसमुहमा स्वर्ण जितिन । उनले फाइनलमा पाकिस्तानी खेलाडी सेइद जादी भाटोललाई हराइन ।

जसमा काजोलले ५०–१४ स्कोरले जित्दै स्वर्ण हात पारिन ।

यस्तै ५७ केजी मुनीको तौल समुहमा निमा भारतकी कसिका मलिकसँग पराजित भइन । निमा कसिकासँग सात आठ स्कोरमा पराजित भइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey