नेपाली महिला भलिबल टिमका लागि इतिहास बनाउने अवसर

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 308 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद अन्तगर्त आज नेपाली महिला भलिबल टिमले स्वर्णका लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल चार बजेबाट दशरथ रंगशालाको कबर्डलमा सुरु हुनेछ । प्रतियोगितको पहिलो भेटमा नेपाल भलिबलसँग तीन सुन्यको सोझो सेटमा पराजित भएको थियो । सेमी फाइनल खेलमा नेपालले गत सस्करणको उपबिजेता श्रीलंकालाई तीन सुन्यको सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो । भने साथै कम्तिमा रजत पदक पक्का गरेको थियो ।

यस अघि १९९९, २००६ र २०१६ मा नेपालले कास्य पदकमा चित्त बुझाएको थियो । नेपाल यस्तै साविक बिजेता समेत रहेको भारतले माल्दिभ्सलाइ तिनै सेटको सहज जित हात पार्दै फाइनल यात्रा तय गरेको थियो । आज पुरुष तर्फको फाइनल खेलमा भारत र पाकिस्तान आमने सामने हुनेछन् । खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey