साग तेक्वान्दाेमा नेपालकाे पहिलाे दिन ७ स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 493 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोमा नेपालले पहिलो दिन प्रतिस्पर्धा गरेको १३ वटा इभेन्टमा ७ वटा स्वर्ण एक रजत हात पारयो ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको प्रतिस्पर्धामा पुम्सेमा आयशा शाक्यले ब्यक्तिगत दुई स्वर्ण जितीन पुम्सेको एकल इभेन्टमा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन ।

दुई बच्चाकी आमा आयशाले पहिलो स्वर्ण ब्यक्तिगत विधामा जितेकी थिइन भने दोस्रो स्वर्ण टिम इभेन्ट्समा हात पारिन । योसँगै उनले दक्षिण एसियाली खेलकुदमा कुल स्वर्ण संख्या तीन पुर्याएकी छिन । यसअघि उनले ११ औं सागमा स्वर्ण जितेकी थिइन । सागमा उनको पदक संख्या पाँच पुगेको छ । जसमा तीन स्वर्ण र दुई रजत हात पारेकी छिन ।

एकल इभेन्टमा भने आयशाले सात दशमलव ९४० अंक ल्याउदै स्वर्ण हात पारिन । उनी दुई फरक विधामा स्वर्ण जित्ने पहिलो तेक्वान्दो खेलाडी पनि बनेकी छिन । नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमल श्रेष्ठले भारतका राहुल जैनलाई हराए । तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे ।स्थानमा श्रीलंकाका खेलाडी रहे ।

महिलाको पुम्सेमा सिना लिम्बुले स्वर्ण जितीन । उनले फाइनलमा श्रीलंकाकी खेलाडीलाई हराउँद स्वर्ण हात पारिन । पुम्सेमा नै नेपालकी पार्वती गुरुङले स्वर्ण जित्न सफल भइन । २३ देखि २९ बर्षको उमेर समुहमा उनले श्रीलंकन खेलाडीलाई पछि पार्दै स्वर्ण जितीन । पुम्सेको १७ देखि २३ बर्ष उमेर समुहमा सिनाले आठ दशमलव १५० अंक प्राप्त गर्दै पहिलो भइन । दोस्रो स्थानमा रहेकी श्रीलंकन खेलाडीले ७ दशमलव ९६० अंक प्राप्त गरिन ।

जसमा उनले अन्तिममा २३ देखि २९ बर्षको विधामा नेपालले स्वर्ण जित्यो । नेपालका लागि निता गुरुङ र प्रशंसा क्षेत्रीले स्वर्ण दिलाए ।

स्वर्ण जित्ने खेलाडी

कमल श्रेष्ठ, आयषा शाक्य, पार्वती गुरुङ, सिना लिम्बू मादेन, आयषा र संजिवकुमार ओझा, निशा दर्नाल र स्वस्तिका तामा, निता गुरूङ र प्रशंसा क्षेत्री

रजत जित्ने खेलाडीः

कृष्णबहादुर तामाङ काश्य अस्मित रावत र सिना लिम्बू जितबहादुर बोट पार्वती गुरुङ कमल श्रेष्ठ , जितबहादुर बोट, प्रेमबहादुर लिम्बू

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey