नेपालले कराँतेमा साेमबार ताेकिएका ९ मध्ये ७ मा स्वर्ण जित्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 325 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा नेपालले स्वर्ण संख्या १३ पुर्याएको छ । जसमा करातेमा मात्र सात स्वर्ण जितेको छ ।

आज आठ प्रतिस्पर्धा मध्ये सातमा स्वर्ण जितेको नेपालका लागि सोमबारको अन्तिम स्वर्णका रुपमा अनु अधिकारीले पदक हात पारिन । उनले श्रीलंकाकी डोनलाई आठ शुन्यको स्कोरमा हराइन । जसका कारण नेपाले कराँतेमा स्वर्ण संख्या सात पुर्यायो ।

कराँतेको कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएका छन । पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । यसका साथै मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन ।

नेपाली टिमले फाइनलमा श्रीलंकालाई हराएको थियो । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाए । नेपाली टिमले २५ दशमलव ५४ अंक ल्यायो भने श्रीलंकाले २५ दशलमव २८ अंक हात पार्यो । यसअघि १० औं सागमा एथ्लेटिक्सका राजेन्द्र भण्डारीले एकै सागमा २ स्वर्ण जितेपछि डोपिङका कारण खोसिएको थियो ।

करातेमा पुरुष एकल कातामा पनि मण्डेले पाकिस्तानी खेलाडीलाई हराँउदै स्वर्ण जितेका थिए । टिम कातामा नेपालका लागि निर्मला तामाङ, सरु कार्की, संगिता मगरले स्वर्ण चुमीन । नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधिजित्न सफलभयो । पाकिस्तान दोस्रो बनेको छ । श्रीलंकाले तेस्रो स्थानहातपार्यो । नेपालले २४ दशलमव ८८ अंकप्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंकहातपार्यो ।

यस्तै करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । बंगलादेशी खेलाडीविरुद्ध उनले १९० ले जित निकालेका हुन् । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए । यो सँगै नेपालले करातेमा स्वर्णको संख्या ४ पुर्याएको छ ।

८४ केजी तौल समुहमा दिवस श्रेष्ठले अन्तिममा फल गर्दा रजतमा सिमित बने । यस्तै ८४ केजी माथिको तौल समुहमा विप्लभले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते । जसमा उनले पाकिस्तानका मोहम्मद बाजलाई ६–५ स्कोरले हराए । कुमुतेको ४५ केजी मुनीको तौल समुहमा कुशुम खड्काले बंगलादेशका मोउन्जेरा बोर्नालाई तीन दुईको अंकमा हरायो । यो सँगै उनले नेपालका लागि छैटौं स्वर्ण दिलाए । सागमा उनको यो पहिलो स्वर्ण हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey