पुरुष भलिबल : कास्य पदक श्रीलंकाको पोल्टामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 193 पटक हेरिएको

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्ग पुरुष भलिबलमा श्रीलंकाले कास्य पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा भएको प्रतिस्पर्धामा एक सेटले पछि परेको श्रीलंकाले अन्त्यमा ३–१ ले जित्दै कास्य पदक जित्न सफल भयो ।

सेमिफाइनलमा भारतसँग पराजित भएको श्रीलंका र पाकिस्तानसँग पराजित भएको बंगलादेशले कास्यक पदकका लागि प्रतिस्पर्धा गरेका हुन् । पहिलो सेट २५–२३ ले जित्दै बंगलादेशले अग्रता लिएको थियो । तर लगातार तीन सेट जित्दै श्रीलंकाले कास्य पदक जित्यो । सेटमा कम्ब्याक गर्ने क्रममा श्रीलंकाले शुरुदेखि दवावमा रहेपनि पनि २५–२० ले सेट जित्दै बराबरी गरेको थियो ।

तेस्रो सटमा भने श्रीलंका सहजरुपमा २५–१६ ले विजयीहुँदै २–१ को अग्रता लिन सफल भयो । चौथो सेट पनि बंगलादेशमाथि हावी हुँदै २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने छन् ।

यस्तै महिला तर्फको कास्य पदकका लागि अहिले केही बेरमा बंगलादेश र श्रीलंका भिड्ने छन् । सेमिफाइनलमा श्रीलंका नेपालसँग पराजित भएको थियो भने बंगलादेश श्रीलंका नै भिड्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal