साग तेक्वान्दाेमा नेपालले २ स्वर्ण जित्याे, महिला तर्फ सिनाले जितीन पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 180 पटक हेरिएको

सागको तेक्वान्दो तर्फ महिलाको पुम्सेमा नेपालले अर्को स्वर्ण जितेको छ । नेपालका लागि सिना लिम्बुले स्वर्ण जितीन । उनले फाइनलमा श्रीलंकाकी खेलाडीलाई हराउँद स्वर्ण हात पारिन ।

पुम्सेको १७ देखि २३ बर्ष उमेर समुहमा सिनाले आठ दशमलव १५० अंक प्राप्त गर्दै पहिलो भइन । दोस्रो स्थानमा रहेकी श्रीलंकन खेलाडीले ७ दशमलव ९६० अंक प्राप्त गरिन ।

यसअघि तेक्वान्दोको पुम्सेको पुरुषमा कमल श्रेष्ठले स्वर्ण जितेका थिए । नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई हराउँदै स्वर्ण हात पारे ।
तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहे । उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey