साग करातेकाे महिला टिम कातामा नेपालले स्वर्ण जित्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 187 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो ।

टिम काताको शिर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भयो ।

पाकिस्तान दोस्रो बनेको छ । श्रीलंकाले तेस्रो स्थान हात पार्यो । नेपालकी निर्मला तामाङ, सरु कार्की, संगिता मगरले स्वर्ण चुमीन ।

नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पार्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey