१३ औं साग पुरुष भलिबल : स्वर्ण पदकका लागि पाकिस्तान र भारत भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१५
  • |
  • 200 पटक हेरिएको

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । नेपाल भने यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो । भारतले सेमिफाइनलमा श्रीलंका माथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्दा पाकिस्तानले बंगलादेश माथि ३–० को सेटमा जित निकालेको हो ।

पकिस्तान २५–१५, २५–२१ र २६–२४ ले विजयी भएको हो । पाकिस्तानले बंगलादेशविरुद्ध पहिलो सेटमा जित हात पारेको थियो पाकिस्तानले बंगलादेशलाई २५–१५ ले पराजित गरेको हो । दोस्रो सेटमा बंगलादेशको टिमले केही टक्कर दिए पनि पाकिस्तान नै हावी हुन पुग्यो । पाकिस्तानले दोस्रो सेट २५–२१ ले जितेको हो ।

तेस्रो सेटमा पाकिस्तान सुरुदेखि नै हावी भयो । उसले ८ अंक जोड्दा बंगलादेश ४ अंकमा सिमित भएको थियो । पाकिस्तानले थप ३ अंक जोड्दा बंगलादेशले १० अंक पुर्याएको थियो । त्यसपछि पनि बंगलादेशले उत्कृष्ट प्रर्दशन गर्दै स्कोर बराबरी गर्न खोजे पनि पाकिस्तानले तीन अंकको अग्रता राख्दै अघि बढेको थियो । पाकिस्तानको स्कोर २० हुँदा १७ अंक भएको बंगलादेशको ब्लक विग्रदा पाकिस्तानलाई नै फाइदा पुग्यो । तर पाकिस्तानले लगातार २ प्वाइन्ट विगार्दा बंगलादेशले २४–२४को स्कोर लेभल गरेको थियो । सर्भिसमा विगार्दा पाकिस्तानले २५–२४ बनायो । त्यसपछि एक म्याच प्वाइन्ट हात पार्दै पाकिस्तानले भारतसँगको फाइनल भिडन्त पक्का गर्न सफल भयो ।

श्रीलंकाविरुद्धको पहिलो सेमिफाइनलमा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि दोस्रो सेट भने भारतले सहजै हात पार्न सफल भयो । दोस्रो सेट भारतले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट श्रीलंकाले आफ्नो पक्षमा पार्न सफल भयो । शुरुदेखि भारतमाथि दवाव कायम राखेको श्रीलंकाले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा श्रीलंकाले दवाव दिए पनि भारतले सहज जित हात पार्न सफल भयो । भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey