भारतविरुद्ध स्वर्ण पदकका लागि प्रेसर नलिएर खेल्छौं : प्रशिक्षक भट्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 208 पटक हेरिएको

काठमाडौं, १४ मंसिर । नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदीश भट्टले फाइनलमा भारतलाई जित्दै ऐतिहासिक स्वर्ण पदक जित्ने लक्ष्य रहेको बताएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला तर्फको सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा पराजित गरेपछि पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक भट्टले समूह चरणमा गरेका गल्ति सुधार गरेकाले सेमिफाइनलमा श्रीलंका जस्तो वलियो टिमलाई सहजै हराउन सकेको बताए । उनले अब नेपालले ऐतिहासिक रजत पदक पक्का गरिसकेको बताउँदै फाइनलमा भारतलाई हराएर स्वर्ण जित्ने लक्ष्य रहेको बताएका हुन् ।

समूह चरणमा भारतसँग सोझो सेटमा पराजित भएको नेपालले त्यतिबेला प्रशिक्षक भट्टले भारतसँग खेल्दा जहिल्यै प्रेसर हुने जवाफ दिएका थिए । तर श्रीलंकाविरुद्धको सहज जित हात पारेपछि प्रशिक्षक भट्टले अब फाइनलमा नेपाललाई गुमाउनु पर्ने केही नभएको बताउँदै त्यसका लागि जिरो प्रेसरमा खेल्ने पनि बताए । अहिलेसम्म नेपाली महिला भलिबलले कास्य पदक भन्दा माथि जितेको थिएन् ।

उनले राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाली महिला भलिबललाई विश्वास गरेर गरेको लागनी खेर हुन नदिने गरि आफूहरु लागि रहेको पनि बताए ।
यस्तै कप्तान अरुणा शाहीले पनि ऐतिहासिक पदक नजिक पुगेकाले फाइनल खेल झनै रोमाञ्चक हुने बताइन् । नेपाली दर्शकको साथ र माया पाउने भएकाले आफ्नै कोर्टमा भारतलाई हराएर स्वर्ण पदक जित्ने लक्ष्यका साथ फाइनलमा उत्रने उल्लेख गरिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey