१३ औं साग पुरुष भलिबल : सेमिफाइनलमा भारत र श्रीलंका तथा पाकिस्तान र बंगलादेश भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 266 पटक हेरिएको

काठमाडौं, १४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्ग पुरुष भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकामिाथ ३–१ ले जिते पछि पाकिस्तान समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । पराजित भएको श्रीलंका भने उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तानले फाइनल प्रवेशका लागि बंगलादेश तथा श्रीलंकाले भारतसँग खेल्ने छन् । पहिलो सेट ३०–२८ ले जितेको श्रीलंकाले त्यसपछि लगातार तीन सेट गुमाउँदै समूह चरणको उप विजेतामा सिमित भयो ।

त्रिपुरेश्वर कर्भडहलमा पहिलो सेटको निकै प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाले ३०–२८ ले जितेको हो । २५–२४ हुँदा पाकिस्तानले स्कोर बराबरी गर्दै २५–२५ मा ल्याएको थियो । त्यसपछि पाकिस्तानले अंक थप्दै २६–२५ बनाए पनि श्रीलंकाले कमब्याक गरेको थियो । त्यसैगरी २७–२७ र २८–२८ भएका बेला श्रीलंकाले लागतार २ अंक थप्दै ३०–२८ ले पहिलो सेट आफ्नो पक्षमा पर्न सफल भयो ।

दोस्रो सेटमा भने पाकिस्तान खेलमा फर्कन सफल भयो । सुरुदेखिनै श्रीलंका माथि दवाव कायम गरेको पाकिस्तानविरुद्ध श्रीलंकाको सर्भिस, ब्लक र रिसिभ सवैमा कमजोर देखिएको थियो । दोस्रो सेटमा पाकिस्तान २५–१८ ले विजयी भयो ।

तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मकरुपमा सम्पन्न भएको छ । जसमा पाकिस्तानले २५–२० ले आफ्नो पक्षमा पार्दै सेटमा २–१ को अग्रता लिन सफल भयो । सुरुदेखिनै स्कोर लेभल गर्दै अघि बढेको पाकिस्तानले श्रीलंकालाई १५ मा रोक्दै स्कोर २१ सम्म पुर्याएको थियो । त्यसपछि श्रीलंका खेलमा फकर्दै २० सम्म पुर्याए पनि पाकिस्तानले २५–२० ले तेस्रो सेटमा जित हात पार्न सफल भयो ।

चाैथाे सेटमा पनि पाकिस्तान र श्रीलंका दुवैले कडा प्रतिस्पर्धा गरेका थिए । शुरुदेखि स्कोर लेभल गर्दै अघि बढेका दुवै टिमले अन्तिमसम्म प्रतिस्पर्धा गरे । श्रीलंकाको १९ तथा पाकिस्तानको २१ अंक हुँदा रेफ्रीको गल्तिका कारण पाकिस्तानले थप अंक जोडेको थियो । जसका कारण उसलाई सोही अंकले फाइदा पुग्यो । अन्तिम समयमा प्रेसरमा आएको श्रीलंकाले सर्भिस विगार्दा पाकिस्तान २५–२१ ले विजयी हुन पुग्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal