पुरुष भलिबल : श्रीलंकाविरुद्ध पाकिस्तान २–१ ले अगाडि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 177 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलमा श्रीलंका र पाकिस्तानले एक एक सेट जितेका छन् ।

पहिलो सेटमा ३०–२८ ले जितेको श्रीलंकाले दोस्रो सेट भने १८–२५ ले गुमाएको छ । त्रिपुरेश्वर कर्भडहलमा अहिले जारी समूह चरणको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानमाथि पहिलो सेटमा कठिन जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाले पहिलो सेट ३०–२८ ले जितेको हो । २५–२४ हुँदा पाकिस्तानले स्कोर बराबरी गर्दै २५–२५ मा ल्याएको थियो । त्यसपछि पाकिस्तानले अंक थप्दै २६–२५ बनाए पनि श्रीलंकाले कमब्याक गरेको थियो । त्यसैगरी २७–२७ र २८–२८ भएका बेला श्रीलंकाले लागतार २ अंक थप्दै ३०–२८ ले पहिलो सेट आफ्नो पक्षमा पर्न सफल भयो ।

दोस्रो सेटमा भने पाकिस्तान खेलमा फर्कन सफल भयो । सुरुदेखिनै श्रीलंका माथि दवाव कायम गरेको पाकिस्तानविरुद्ध श्रीलंकाको सर्भिस, ब्लक र रिसिभ सवैमा कमजोर देखिएको थियो । दोस्रो सेटमा पाकिस्तान २५–१८ ले विजयी भयो ।

तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मकरुपमा सम्पन्न भएको छ । जसमा पाकिस्तानले २५–२० ले आफ्नो पक्षमा पार्दै सेटमा २–१ को अग्रता लिन सफल भयो । सुरुदेखिनै स्कोर लेभल गर्दै अघि बढेको पाकिस्तानले श्रीलंकालाई १५ मा रोक्दै स्कोर २१ सम्म पुर्याएको थियो । त्यसपछि श्रीलंका खेलमा फकर्दै २० सम्म पुर्याए पनि पाकिस्तानले २५–२० ले तेस्रो सेटमा जित हात पार्न सफल भयो ।

पाकिस्तान र श्रीलंका दुवै सेमिफाइनलमा पुगिसकेकाले आजको नतिजाले विजेता र उपविजेताको टुंगो लगाउने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal