श्रीलंकामाथि जित निकाल्दै पाकिस्तान समुह बिजेता

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 203 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद सागकाे पुरूष भलिबलमा पाकिस्तान समुह बिजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेकाे छ ।  समुहकाे अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाइ तीन एककाे सेटमा हराउँदै समुह बिजेताका रूपमा अन्तिम चारमा पुग्याे । हारपछि पनि श्रीलंकाले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएकाे छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा भएकाे खेलमा पाकिस्तानले श्रीलंकाकाे एक सेटकाे अग्रता उल्ट्याएकाे हाे । पहिलो सेटमा ३०–२८ ले जितेको श्रीलंकाले दोस्रो सेट भने १८–२५ ले गुमाएको छ । त्रिपुरेश्वर कर्भडहलमा अहिले जारी समूह चरणको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानमाथि पहिलो सेटमा कठिन जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाले पहिलो सेट ३०–२८ ले जितेको हो । २५–२४ हुँदा पाकिस्तानले स्कोर बराबरी गर्दै २५–२५ मा ल्याएको थियो । त्यसपछि पाकिस्तानले अंक थप्दै २६–२५ बनाए पनि श्रीलंकाले कमब्याक गरेको थियो । त्यसैगरी २७–२७ र २८–२८ भएका बेला श्रीलंकाले लागतार २ अंक थप्दै ३०–२८ ले पहिलो सेट आफ्नो पक्षमा पर्न सफल भयो ।

दोस्रो सेटमा भने पाकिस्तान खेलमा फर्कन सफल भयो । सुरुदेखिनै श्रीलंका माथि दवाव कायम गरेको पाकिस्तानविरुद्ध श्रीलंकाको सर्भिस, ब्लक र रिसिभ सवैमा कमजोर देखिएको थियो । दोस्रो सेटमा पाकिस्तान २५–१८ ले विजयी भयो ।

तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मकरुपमा सम्पन्न भएको छ । जसमा पाकिस्तानले २५–२० ले आफ्नो पक्षमा पार्दै सेटमा २–१ को अग्रता लिन सफल भयो । सुरुदेखिनै स्कोर लेभल गर्दै अघि बढेको पाकिस्तानले श्रीलंकालाई १५ मा रोक्दै स्कोर २१ सम्म पुर्याएको थियो । त्यसपछि श्रीलंका खेलमा फकर्दै २० सम्म पुर्याए पनि पाकिस्तानले २५–२० ले तेस्रो सेटमा जित हात पार्न सफल भयो ।

तेस्राे सेटमा पाकिस्तानले २५-१७ काे जित निकाल्दै समुह बिजेता बन्याे ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey