साग पुरूष भलिबलः पाकिस्तान र श्रीलंका एक एक सेटकाे बराबरीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 158 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलमा श्रीलंका र पाकिस्तान बिचकाे खेल एक एक सेटमा पुगेकाे छ ।

त्रिपुरेश्वर कर्भडहलमा अहिले जारी समूह चरणको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानमाथि पहिलो सेटमा कठिन जित निकालेको थियाे ।

निकै प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाले पहिलो सेट ३०–२८ ले जितेको हो । २५–२४ हुँदा पाकिस्तानले स्कोर बराबरी गर्दै २५–२५ मा ल्याएको थियो । त्यसपछि पाकिस्तानले अंक थप्दै २६–२५ बनाए पनि श्रीलंकाले कमब्याक गरेको थियो ।

त्यसैगरी २७–२७ र २८–२८ भएका बेला श्रीलंकाले लागतार २ अंक थप्दै ३०–२८ ले पहिलो सेट आफ्नो पक्षमा पर्न सफल भयो । दोस्रो सेटमा पाकिस्तानले सेट २५–१८ ले जित्न सफल भयो ।

पाकिस्तान र श्रीलंका दुवै सेमिफाइनलमा पुगिसकेकाले आजको नतिजाले विजेता र उपविजेताको टुंगो लगाउने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey