पुरुष भलिबल : पाकिस्तानविरुद्ध श्रीलंका पहिलो सेटमा विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 180 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्ग पुरुष भलिबलमा श्रीलंका पहिलो सेटमा विजयी भएको छ । त्रिपुरेश्वर कर्भडहलमा अहिले जारी समूह चरणको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानमाथि पहिलो सेटमा कठिन जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाले पहिलो सेट ३०–२८ ले जितेको हो । २५–२४ हुँदा पाकिस्तानले स्कोर बराबरी गर्दै २५–२५ मा ल्याएको थियो । त्यसपछि पाकिस्तानले अंक थप्दै २६–२५ बनाए पनि श्रीलंकाले कमब्याक गरेको थियो ।

त्यसैगरी २७–२७ र २८–२८ भएका बेला श्रीलंकाले लागतार २ अंक थप्दै ३०–२८ ले पहिलो सेट आफ्नो पक्षमा पर्न सफल भयो । पाकिस्तान र श्रीलंका दुवै सेमिफाइनलमा पुगिसकेकाले आजको नतिजाले विजेता र उपविजेताको टुंगो लगाउने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal