साग महिला भलिबलः सेमिफाइनलमा नेपाल श्रीलंकाविरुद्ध खेल्दै, इतिहास रच्ने मौका

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 299 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा आज सेमिफाईनलका खेल हुदैछ । सेमिफाइनलमा नेपालको महिला टिमले श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ ।

नेपालको खेल साँझ पाँच बजे हुन्छ ।

श्रीलंकालाई हराएको खण्डमा नेपालले भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले साग खेलकुदको महिला भलिबलमा कास्य पदकभन्दा ठूलो सफलता हात पार्न सकेको छैन ।

आज श्रीलंकालाई हराएमा नेपालले महिला भलिबलमा नयाँ इतिहास कायम गर्नेछ ।

समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझे सेटमा पराजित भएको थियो ।

आजै हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey