सागकाे उद्घाटन कस्ताे हुनेछ हेराै भिडियाेमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 209 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको उद्घाटन कस्तो हुन्छ भनेर आज अन्तिम तयारी गरेको छ । दशरथ रंगशालामा सागको उद्घाटनको झझल्को दिने किसिमले अन्तिम तयारी गरिएको हो ।

ग्राण्ड रिहरर्सलका रुपमा रहेको कार्यक्रममा सातै देशको झण्डाका साथै खेलाडीले कसरी मार्चपास गर्छन भन्ने देखाएको थियो । यसका साथै नेपालका सातै प्रदेशको संस्कृती झल्कने गरि विभिन्न कला देखाइएको थियो ।

सागको उद्घाटनका लागि हतारहतार बनाइएको रंगशालामा रात्री समयमा सजाईएको विशेष लाइटले पुरै नयाँ जस्तो देखिएको थियो । भिआइपी प्याराफिटको तल विभिन्न कलाकारले गाउने स्टेज राखिएको छ । यसका साथै रंगशालामा पटाका पनि पड्काइएको थियो ।

आइतबार हुने उद्घाटन समारोहको पुरा झझल्को आजको अन्तिम तयारीले देखाएको थियो । उद्घाटनमा करिव सात हजारको सहभागिता हुनेछ । तीन घण्टाको यो कार्यक्रममा साढे एक घण्टा मार्चपास र साढे एक घण्टा सास्कृतीक समारोह हुनेछ ।

हेराै भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal