साग पुरूष भलिबलः भारतसँगकाे हारपछि नेपालकाे यात्रा सकियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 338 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको पुरुष भलिबलमा नेपाल समुह चरणबाट नै बाहिरीएको छ । लगातार दुई खेलमा हार ब्यहोरेसँग नेपाली पुरुष भलिबलको यात्रा समुह चरणमा रोकिएको हो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो सेट २५–१६ ले गुमायो । उपाधिको दावेदार भारत विरुद्ध नेपाल पहिलो सेटमा २१–१३ ले पछि परेको थियो । त्यसपछि नेपालले अरु अंक थप्न नसक्दा भारत २५–१६ ले विजयी भयो । पहिलो सेटमा नेपालले सर्भिस र रिसिभमा कमजोरी देखाएको थियो ।

दोस्रो सेटमा नेपालले सुरुवाती तीन अंक बटुलेको थियो । एक समय पाँच तीनका अवस्थामा रहेको नेपाल खेल अगाडी बढेसँग १३–६ मा पुगेको थियो । भारतको अगाडी नेपालको रिसिभमा समस्या देखिएको थियो । यसका साथै नेपालले प्रहार गरेका सटहरु कोर्ट बाहिर गएका थिए । मानसिक रुपमा नै नर्भस भएका नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । १६–६ को अवस्थामा रहेको दोस्रो सेटमा त्यसपछि नेपालले अरु ७ अंक जोड्दा भारतले २५– १३ ले जित्यो ।

तेस्रो सेटमा नेपालले केहि प्रतिस्पर्धा दिएको थियो । जसमा नेपाल एक समय सात पाँचको अवस्थामा थियो । तर अंक तानेर उसले सात आठको अवस्थामा पुर्याएको थियो । तर भारतको जोडदार प्रहार विरुद्ध नेपालका खेलाडी निकै निरिह देखिए । त्यसमा पनि सर्भिसमा पनि कमजोर देखियो ।

तेस्रो सेटको मध्यतिर भारत १२–१६ ले अगाडी रहेको थियो । त्यसपछि पनि भारतले आफ्नो दबदबा कायमै राख्दै सेट २५–१६
यसअघि नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey