सागका लागि पाैडी पाेखरीमा आजबाट पानी हाल्ने, डाइभ स्ट्याण्ड भने अझै राख्न बाँकी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 328 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागका लागि पौडीको प्रतियोगिता स्थलका रुपमा रहेको हिटिङ सिस्टमको पौडी पोखरीमा आजबाट पानी हाल्ने काम सुरु हुनेछ ।

करिव २१ करोड रुपैयाँमा बनेको नयाँ हिटिङ सिस्टमको पौडी पोखरीको भित्री काम सकिएकाले आज दिउँसोबाट पानी हाल्ने काम सुरु हुनेछ । छेउमै रहेको अन्तराष्ट्रिय स्तरको पौडी पोखरीको पानीलाई पम्प गरेर हिटिङ सिस्टममा राखिनेछ ।

अहिले बनाइएको पौडी पोखरीको छेवैमा रहेको खुल्ला पौडी पोखरीको पानीलाई तातो बनाउने सिस्टमबाट नयाँ पौडी पोखरीको ट्यांकमा राखिनेछ । त्यसपछि तातो भएको पानीलाई पौडी पोखरीमा पठाइनेछ ।

यो पौडी पोखरीमा १३ लाख लिटर पानी अट्नेछ । पानी हाल्नका लागि पौडी पोखरी तयार भएपनि खेलाडीले डाइभ हाल्ने स्ट्याण्ड भने अझै राखिएको छैन ।

पोखरीको तापक्रम सधै २५ देखि २७ सेन्टिग्रेड हुनुपर्छ । डिसेम्बर पाँच तारिखबाट पौडीका प्रतिस्पर्धा हुनेछ । यसपटकको सागमा ३८ इभेन्टमा पौडीको प्रतिस्पर्धा हुनेछ । जुन प्रतियोगितामा हुने धेरै इभेन्टमा पर्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey