१३ औं साग पुरुष भलिबल : नेपालको प्रतिस्पर्धा आज भारतसँग

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 171 पटक हेरिएको

काठमाडौं, १३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भलिबल खेल आज पनि हुँदै छ । त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा राति ७ बजे नेपालले भारतसँग प्रतिस्प्रर्धा गर्ने छ ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आज भारतमाथि जित निकाल्नु पर्ने दवाव छ । जारी प्रतियोगिताको स्वर्ण पदकको दावेदार टिम भारतले बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । आजै राति श्रीलंका र माल्दिभ्स पनि आमने सामने हुने छन् ।

पुरुष भलिबल अन्तर्गत अपरान्ह ५ बजे श्रीलंका र माल्दिभ्स भिड्ने छन् । महिला भलिबल तर्फ आज दिउँसो १ बजे भारत र बंगलादेश तथा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey