सागमा प्रयाेग हुने सामाग्रीकाे गुणस्तरकाे मापन भएकाे छ की छैन ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१२
  • |
  • 334 पटक हेरिएको

नेपालले तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एसियाली खेलकुद सागको तयारी पुरा भएको राष्ट्रिय खेलकुद परिषद्का साथै युवा तथा खेलकुद मन्त्रीले सार्वजनिक कार्यक्रममा घोषणा गरेका छन । प्रतियोगिता आउन तीन दिन बाँकी हुँदा उद्घाटन हुने स्थलको काम केहि बाँकी नै छ । तर उद्घाटनसम्म सबै तयारी पुरा हुने बताइएको छ । यस्तै अन्य पूर्वाधारहरु पनि सम्पन्न भएको र केहि अन्तिम चरणमा रहेको बताइएको छ ।

जसमा रंगशालाको सरसफाइ र भिआइपी प्याराफिटको सिटको काम बाँकी रहेको छ भने पौडी पोखरीको काम अझै बाँकी नै छ । यस्तै पोखरामा पुर्वाधारको काम अझै डल्लै बाँकी छ । जुन विश्वासका साथ यतिबेला सागको तयारी भइरहेको छ, त्यो अनुसारको भब्यता हुन्छ की हुँदैन भन्नेमा खेलकुद पदाधिकारी नै विश्वस्त छैनन् ।

एक महिना अगाडीसम्म नेपालमा साग हुँदैन, फेरी मिती सर्छ भनेर धेरैको विश्वास थियो । तर गर्नेपर्छ भन्ने आधारमा अन्तिम समयमा सागको तयारी त गरियो, तर जतिपनि पुर्वाधार बनेका छन, त्यसका लागि आएको खेल सामाग्रि कुन गुणस्तरको छ भन्नेमा सायदै कमैलेमात्र चासो दिएका छन ।

हतार हतारमा गुणस्तर भन्दापनि कामका लागि खेल सामाग्रि मगाउँदा सामान ल्याउने र डेलिभर गर्नेले तोकेको मापदण्ड अपनायका छन की छैनन् त्यो हेरीएको छैन ।

हुन त, कुनैपनि खेल सामाग्रि ल्याउदा त्यसको गुणस्तर हेर्ने पहिलो ढोकाका रुपमा खेल संघ हो । उसले आफ्नो मापदण्ड अनुसार सामाग्रि आएको छ की छैन भन्ने जाँच संघले गरेकामा केहि संका लिने धेरै ठाँउ रहेका छन । यतिमात्र होइन, सागका लागि करिव एक अर्व ३० करोड रुपैयाँको खेल सामाग्रि नेपालले ल्याएको छ । ती सामान ल्याउनेमा नेपाली कम्पनी नै रहेका छन ।

दशरथ रंगशालामा प्रयोग गरिएका कुर्सी देखि भिआइपी प्याराफिटका सबै सामान चाइनाबाट आएको हो । तर हतार हतारमा सामान ल्याएर फिट गर्दा यसको गुणस्तर कस्तो भन्ने उच्च स्तरबाट मापन भएको देखिदैन । बुझिए अनुसार भिआइपी प्याराफिटमा राखिएको छतमा छोटो समयमा चाँडो काम गर्नुपर्ने भएकाले उद्घाटनसम्म संरचना देखाउनका लागि तयार पारिएको भन्ने पनि भनाई खेल पदाधिकारीमा उठ्न थालेको छ ।

कारण भिआइपी प्याराफिटमा राखिएका पिलरहरुको बोल्टहरु चाहिने जति तत्काल नकसेको र अहिले पिलरलाई आड दिनसक्ने गरिमात्र कसेको र उद्घाटन सकिएपछि पुर्णरुपमा कस्ने तयारी गरेको परिषद्का एकपदाधिकारीले बताए ।

यतिमात्र होइन, सागको मिती नजिकिदै गर्दा केहि खेलका सामाग्रि अझै आएका छैनन् । जसमा ट्रायथलनलाई चाहिने साइकलहरु अझै ताइवानबाट आएका छैनन् । यसका लागि चाहिने आवश्यक पत्रहरु पठाउन ढिला हुँदा सामान ताइवानबाट हिडेको छैन ।

यसका साथै फेन्सिङ संघले सुरुमा भारतबाट खेल सामाग्रि ल्याउने तयारी गरेको भएपनि अन्तिम समयमा बढि रकम खर्च गरेर अमेरीकाबाट झिकाएको थियो । यस्तै सागमा सहभागि २६ खेलका खेल सामाग्रिहरु कुनै न कुनै देशबाट संघले ल्याएका छन, तर गुणस्तरमा परिषद् र ओलम्पिक कमिटीले चेकजाँच गर्ने मौका नै पाएको छैन ।

हतारमा सामान ल्याउँदा कस्तो गुणस्तरको आयो भन्नेमा हेर्न नपाएको ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । समय कम, काम धेरै र सबै काम निश्चित समयमा सक्नुपर्ने भएकाले पनि खेल सामाग्रिको गुणस्तर हेर्न नपाएको उनको भनाई छ ।

तर यसका असर प्रतियोगिता भइरहेका बेला नपर्ला भन्न सकिन्न । प्रतियोगिता भइरहेका बेला खेल सामाग्रिको आलोचना भएमा त्यसको दोश कसले लिने ?

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey