आईपीएलमा मुम्बईद्वारा चेन्नाईलाई १६६ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२४
  • |
  • 172 पटक हेरिएको

नेप्लेज २४ चैत । आजबाट भारतमा सुरु भएको आईपीएल क्रिकेटमा मुम्बई इन्डीयन्सले चेन्नाई सुपर किंग्सलाई १ सय ६६ रनको लक्ष्य दिएको छ । टस हारि पहिला व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

मुम्बईकालागि कुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले आउट नभई क्रमश ४१ र २२ रन बनाएका थिए । ७ रनमा पहिलो विकेट गुमाएको मुम्बईले २० रन जोड्दा दोस्रो विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा इभिन लुईस सून्य रनमा पेभेलियन फर्कदा कप्तान रोहित शर्मा १५ रनमा आउट भए ।

सूर्यकुमार यादबले ४३ तथा इशान किशनले ४० रन जोडेका थिए । चेन्नाईका शेन वाट्सनले २ तथा इमरान ताहिर र दिपक चहारले १ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal