साग महिला भलिबलः नेपाल भारतसँग ३-० काे साेझाे सेटमा पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१२
  • |
  • 300 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको महिला भलिबलको दोस्रो खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलको नेपालले पहिलो सेटमा केहि प्रतिस्पर्धात्मक खेल खेलेपछि बाँकी दुई सेटमा भने निकै फितलो प्रदर्शन गर्यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा नेपाल २४–२६ ले पराजित भयो ।

सुरुवात देखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एक समय १४–१४ को अवस्थामा थियो । तर सेटको अन्त्यतिर नेपाली महिला खेलाडीले अग्रता २१–१७ मा पुर्याएको थियो । त्यसपछि खेल २३–२१ मा हुँदा नेपाललाई सेट जित्ने सुनौलो अवसर थियो । तर अन्तिममा नेपाललाई सम्हाल्न नसक्दा हार्न पुग्यो ।

दोस्रो सेटमा नेपाल सुरुवात देखि नै पछाडी रह्यो । बलियो टिम भारत विरुद्ध नेपाल दोस्रो सेटमा एक समय २–८ को अवस्थामा थियो । जसलाई भारतले कायमै राख्दै १५–६ को अवस्थामा पुग्यो । तर भारतका अगाडी नेपाली टिमले कमब्याक गर्न सकेन र २५–१२ ले हार्न पुग्यो ।

तेस्रो सेटमा पनि नेपाल सुरुवात देखि नै निकै पछाडी पर्यो । सुरुवातमा नै पाँच एकले पछि परेको नेपाल त्यसपछि १५–९ ले पछाडी रह्यो । त्यसपछि ११–१७ को अवस्थामा रहेको नेपालमा भारतले त्यसपछि पनि आफ्नो अग्रतालाई कायमै राख्दै २०–१३ को अवस्थामा पुर्यायो । तर नेपालले त्यसपछि खेलमा कमब्याक गर्न सकेन र २५–१६ ले पराजित भयो । यो हारले पनि नेपालको सेमिफाइनल संभावना कायमै रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey