साग महिला भलिबलः भारत बिरूद्ध नेपाल २-० ले पछाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१२
  • |
  • 198 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको महिला भलिबलको दोस्रो खेलमा नेपालले अहिले भारतसँग खेल्दैछ । जसमा नेपाल दुई शुन्य सेटमा पछि परेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलको पहिलो सेटमा नेपाल २४–२६ ले पराजित भयो । सुरुवात देखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एक समय १४–१४ को अवस्थामा थियो । तर सेटको अन्त्यतिर नेपाली महिला खेलाडीले अग्रता २१–१७ मा पुर्याएको थियो । त्यसपछि खेल २३–२१ मा हुँदा नेपाललाई सेट जित्ने सुनौलो अवसर थियो । तर अन्तिममा नेपाललाई सम्हाल्न नसक्दा हार्न पुग्यो ।

दोस्रो सेटमा नेपाल सुरुवात देखि नै पछाडी रह्यो । बलियो टिम भारत विरुद्ध नेपाल दोस्रो सेटमा एक समय २–८ को अवस्थामा थियो । जसलाई भारतले कायमै राख्दै १५–६ को अवस्थामा पुग्यो । तर भारतका अगाडी नेपाली टिमले कमब्याक गर्न सकेन र २५–१२ ले हार्न पुग्यो ।

महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो । आजको जितले नेपाल सेमिफाइनलमा पुग्नेछ ।

हेराै नेपाल र भारतकाे खेल

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey