साग पुरूष भलिबलः पाकिस्तान सेमिफाइनल नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१२
  • |
  • 149 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुदमा पुरुष भलिबलमा अाफ्नाे पहिलाे खेलमा पाकिस्तानले विजयी भएकाे छ । जितसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेकाे छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्याे । तुलनात्मक रूपमा कमजाेर टिम माल्दिभ्स विरूद्द पाकिस्तानले २५-१६, २५-२३ र २५-१५ काे सेटमा जित निकाल्याे ।

पाकिस्तानले पहिलाे सेट २५-१६ ले जितेकाे थियाे भने दाेस्राे सेट २५-२३ ले अाफ्नाे पक्षमा पारेकाे थियाे । यस्ताे तेस्राे सेटमा पनि २५-१५ काे सहज जित निकाल्न सफल भयाे ।

जितसँगै पाकिस्तानले २ अंक जोडेको छ । अब उसले समुहकाे अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey