Mega Bank

राशिद खान ९ करोडको मुल्यमा हैदराबादमा अनुबन्ध

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 54 पटक हेरिएको

माघ १३, दिल्ली । अफगानिस्तानी स्पीनर राशिद खानलाई सनराइजर्स हैदराबादले अनुबन्ध गरेको छ । अघिल्लो सिजन सनराइजर्सबाटै खेलेका राशिदलाई हैदराबादले ९ करोडमा क्लबमा भित्राएको हो ।

खेलाडी लिलामीको पहिलो दिन शनिबार रोयल च्यालेन्जर्स र किंग्स इलेभेन पञ्जावले पनि राशिद आबद्ध गर्नका लागि चासो देखाएका थिए ।

दुई करोडबाट मोलमोलाई सुरु भएकोमा हैदराबादले राइट दू म्याच आरटीएम कार्ड देखाउँदै १९ बर्षिय खानलाई अनुबन्ध गरेको हो ।

विग बास लिगमा सर्वाधिक १७ विकेट लिएका राशिद आईसीसी टि–२० को बलरमा तेस्रो वरियतामा छन् ।

भर्खरै

Advertisement