सागमा भारतले तेक्वान्दाेमा सहभागिता जनाउने, कराते र आर्चरी भने नखेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 208 पटक हेरिएको

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा भारतले तेक्वान्दोमा खेल्ने भएको छ । डेलिगेसन इन्ट्रि मिटिङमा भारतले तेक्वान्दोलाई समावेश गरेपछि भारत खेल्न आउने पक्का भएको हो । अब याे मिटिङमा जतिपनि खेल र खेलाडी समावेश गरिएकाे छ, त्यसमा केहि चलाउन पाइनेछैन ।

यसअघि भारतले अन्तिम समयमा आर्चरी र करातेलाई पनि राख्न दबाव दिएको बताइएपनि आर्चरी र कराँते भने सहभागिता नजनाउने भएका छन । अन्तिम समयमा तेक्वान्दोमा भारतले भाग लिनेभएपछि अब यो स्पर्धामा प्रतिस्पर्धा हुने भएको छ ।

यसका साथै भारतबाट यसपटकको सागमा कुल सहभागिता खेलको संख्या २२ पुगेको छ । यसअघि तेक्वान्दोमा भारतले खेलाडी दर्ता गरेको थिएन । जसका कारण उसले २१ खेलमा मात्र भाग लिने बताएको थियो ।

सागमा भारतबाट तेक्वान्दोबाहेक ५ सय ३५ खेलाडी र एक सय ६७ अफिसियलको सहभागिता रहेको छ । अब तेक्वान्दोको खेलाडी संख्या थपिएपछि भारतको कुल सहभागिता पनि बढेको छ ।

कुन देशले कति खेलाडी र अफिसियल पठाउँदै

सात राष्ट्रका करीव तीन हजार खेलाडीले यसपटक नेपालमा अाफ्नाे काैशल देखाउने भएका हुन । प्याराग्लाइडिङ नहुने भएपछि सागमा २६ खेल हुनेछन । अघिल्लाे संस्करणकाे सागमा भन्दा यसपटक खेलाडीकाे संख्या बढेकाे हाे । भारतमा भएकाे सागमा २ हजार ६ सय ७२ खेलाडीकाे सहभागिता रहेकाे थियाे । जसमा नेपालबाट मात्र सात सय १८  खेलाडी गएका थिए । यसपटककाे सागमा खेलाडीबाहेक ७ सय ६९ अफिसियल रहेका छन । यसपटककाे सागमा नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल छन ।

बंगलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल तथा भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसियल सहभागी छन । यस्तै पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल तथा श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८६ अफिसियल छन । त्यस्तै माल्दिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल र भुटानबाट १ सय १७ खेलाडी र २७ अफिसियलले सहभागिता जनाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal