१३ औं साग : पुरुष भलिबलमा नेपाल बंगलादेशसँग स्तब्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 195 पटक हेरिएको

काठमाडौं, ११ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको हो ।

नेपालले पहिलो र तेस्रो सेटमा जित हात पार्दा बंगलादेशले दोस्रो, चौथो र पाँचौं सेटमा बाजी मारेको हो । नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मकरुपमा पछि परेको थियो । पहिलो सेट २५–२० ले जितेको नेपालले दोस्रो सेट २५–२३ ले गुमाएको थियो ।

यसैगरी दोस्रो सेटमा नेपाल २३–२५ ले पछि परेको थियो । तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता बनाएको नेपाल चौथो सेटमा २६–२४ ले पछि परे पछि बंगलादेशले २–२ को बराबरी गर्न सफल भयो ।

पाँचौं सेटमा बंगलादेशले भने १५–१२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो । नेपालले बंगलादेशसँग पराजित भएसँगै सेमिफाइनल पुग्न भने कठिन भएको छ । अब नेपालले बलियो मानिएको भारतसँग खेल्नु पर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey