नेपाल र बंगलादेशबीचकोे नतिजा पाँचौं सेटबाट आउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 216 पटक हेरिएको

काठमाडौं, ११ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलमा नेपाल र बंगलादेशबीचको नतिजा पाँचौं सेटबाट आउने भएको छ । अहिलेसम्म दुवै टिमले दुई दुई सेट जितेकाले नतिजा पाँचौं सेटबाट मात्रै सम्भव हुने भएको हो । यद्यपि जसले जिते पनि यो खेलमा दुवै टिमले भने एक एक अंक मात्रै पाउने छन् ।

वेस्ट अफ फाइभमा पाँचौं सेटसम्म खेल पुगेकाले दुवै टिमले एक एक अंक लिने प्रावधान छ । नेपालले पहिलो र तेस्रो सेट जितेको हो भने बंगलादेशले दोस्रो र चौथो सेट आफ्नो पक्षमा पारेको छ ।

नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मकरुपमा पछि परेको थियो । पहिलो सेट २५–२० ले जितेको नेपालले दोस्रो सेट २५–२३ ले गुमाएको थियो । यसैगरी दोस्रो सेटमा नेपाल २३–२५ ले पछि परेको थियो । तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता बनाएको नेपाल चौथो सेटमा २६–२४ ले पछि परे पछि बंगलादेशले २–२ को बराबरी गर्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey